मृगौला पिडित तामाङ बचाऊ बृहत सांस्कृतिक कार्यक्रम भक्तपुरमा हुने
काठमाडौ । मृगौला पिडित भोजकुमार तामाङ बचाऊ अभियान बृहत्त साँकृतिक कार्यक्रम भक्तपुरमा मनाउने भएको छ । छोर्वाला काई रेडियो कार्यक्रमको पाँचौ प्रयासमा उपचार सहयोगार्थ रकम जुटाउनका लागि यही पुस २९ गते भक्तपुरमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको आयाजकले जनाएको छ ।
दुवै मृगौलाले काम गर्न छाडेपछि उपचार गराईरहेका काभ्रे तिमाल गाउँपालिका ९ चोपटार निबासी २७ बर्षिया भोजकुमार तामाङको उपचार रकम जुटाउन कार्यक्रम आयोजना गर्न लागेको कार्यक्रम संयोजक सुदिन दोङले जानकारी दिनुभयो ।
विरामी तामाङ बिगत ६ महिना देखि थलिएको र आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न सकेको थिएन । हाल तामाङको भक्तपुर स्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार थालिएको छ । बैशाख २३ गते युएई पुगेक उनलाई दुवै मृगौलाले काम नगर्ने थाहा पाएपछी कम्पनीले तत्काल नेपाल फर्काएको थियो । तामाङको एक छोरा र दुई छोरी छन् ।
एस डी दोङको संयोजकत्वमा संचारकर्मी सुदिन दोङको संयोजकत्वमा हुन लागेको उक्त कार्यक्रम आयोजक टिमले आम सहयोगी हातहरू अघि बढाउन अनुरोध समेत गरेका छन् ।