केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मोवाइलबाट कुरा गर्दा कसैले झुक्यायो : लोकशन यसरी पत्ता लगाउनुस्

सहयात्रा टिभी

काठमाडौं । तपाई हामी जो कोहीलाई नचिनेको नम्बरबाट कल वा मिसकल आउने गरेको हुन्छ । अथवा कोहि व्यक्तिले काठमाडौंमा बसेर पोखरा वा अन्य कुनै लोकशनमा छु भनेर ढांट्यो भने अव भने तपाईले को कहाँ छ, सजिलै पत्ता लगाउन सक्नुहुन्छ । समयको परिवर्तन संगै नयां नयां प्रविधिको आगमनले अव असहज भन्ने सायदै होला भन्ने स्थिति आईसकेको छ । नचिनेका नम्बरबाट आउने म्यासेजलगायतले मानिसहरुलाई मानसिक समस्या उत्पन्न गराउन सक्छ ।

नचिनेको नम्वरवाट फोन गर्ने, झुक्याउने गर्ने व्यक्तिवाट अव तपाईले उसको वारेमा सजिलै थाहा पाउन सक्ने वा नचिनेको नम्बरबारे जान्ने केही उपायहरु छन् । यसका लागि यस्ता कयौ कयौँ वेभसाइटहरु छन् जसले तपाईलाई नम्बरको लोकेसन पत्ता लगाउन सहयोग गर्छ ।

यसका लागी तल दिइएको कुनै पनि साइटमा गएर नम्बर राखेर त्यसको लोकेसन पत्ता लगाउन सक्नुहुने छ ।

http://www,bestmobilenumbertracker.com/http://www.mobilenumbertracker.com/http://www.findndtrace.com/trace-mobile-number-locationhttps://bestcaller.com/

यसरी खोजी गर्नुस्
यसको लागी सबैभन्दा पहिला माथि दिएको कुनै पनि वेभसाइटमा जानुहोस् । अब जुन नम्बरको लोकेसन छान्नु छ, त्यसलाई नम्बर बक्समा राख्नुहोस् । ध्यानमा राख्नुहोस कुनै नम्बर राख्नु पहिला ० या कोड नम्बर राख्न जरुरी छैन् । अब सर्चमा थिच्नुस् । त्यसपछि तपाईको स्क्रिन अगाडि टेलिकम सर्किट र टेलिकम कम्पनीसमेतका कयौं जानकारीहरु अगाडी आउने छन् । यी साइटहरुबाट केबल मोबाइलको नम्बर कहाँ प्रयोग भइरहेको छ भन्ने बारेमा मात्र जानकारी पाउन सकिन्छ ।

प्रकाशित : 12 January, 2018

प्रतिक्रिया दिनुहोस्