ट्रम्पले सितहाल अर्थात दरिद्र, निच वा अपवित्र देश भनेकोमा माफी माग्नपर्छ : अफ्रिकन युनियन

सहयात्रा टिभी

एजेन्सी । अफ्रिकी देशहरुको संगठन अफ्रिकन युनियनले हाइटीसहितका अफ्रिकी देशलाई ‘सितहाल’ अर्थात दरिद्र, निच वा अपवित्र देश रहेको भनि अपमान गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माफी माग्नुपर्ने माग गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले ओभल अफिसमा भएको बैठकमा आप्रवासी मुद्दासँग सम्बन्धित रहेर हाइटीसहितका अफ्रिकी देशलाई ‘सितहाल’ अर्थात दरिद्र, निच वा अपवित्र देश रहेको बताएको कुरा बाहिर आएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ ।

यहि कुरालाई लिएर अफ्रिकन युनियनले ट्रम्पले माफी माग्नुपर्ने माग गरेको हो । वासिङ्टन डिसीमा रहेको अफ्रिकन युनियनको मिसनले ट्रम्पको भनाईबाट आफूलाई धक्का लागेको बताएको छ । यस्तै ट्रम्पको यस्तो अभिव्यक्तिले आफूहरु निराश र आक्रोशित रहेको पनि अफ्रिकन युनियनको मिसनले बताएको बिबिसीले उल्लेख गरेको छ । ट्रम्पले भने ट्वीटमार्फत आफूले त्यस्तो कुनै पनि कुरा अपमानजनक ढंगले बवोलेको दाबी गरेका छन् । अमेरिकी पत्रिका वासिङ्टन पोस्टले सबैभन्दा पहिले ट्रम्पको भनाई सम्बन्धी खबर छापेको थियो । त्यसपछि सिएनएनले यसलाई पुष्टि गरेको बताएको थियो ।

राष्ट्रपति ट्रम्पले ट्वीटर मार्फत आफूले हाइटीसहितका अफ्रिकी देशलाई सिटहोल नभनेको दाबी गरे पनि डेमोक्र्याट सिनेटरले ट्रम्पले बैठकमा बारम्बार अपमानजनक भाषा प्रयोग गरेको बताएका छन् । अफ्रिकन युनियनले ट्रम्पको भनाईले अफ्रिकन समुदाय, अफ्रिका क्षेत्रको विविधता र मानवताको अपमान र अवमूल्यन गरेको बताएको छ ।

प्रकाशित : 13 January, 2018

प्रतिक्रिया दिनुहोस्