देशभरका नर्सहरु ३ घण्टा ड्युटी छाड्दै
काठमाडौ । माघ–१ आन्दोलनरत नर्सहरुले सोमबारदेखि ३ घण्टा ड्युटी नै छाडेका छन् । नेपाल नर्सिङ संघको आव्हानमा अधिकांश अस्पतालमा कार्यरत नर्सहरुले सोमबार बिहान १० देखि १ बजेसम्मको लागि ड्युटी छाडेर सेवा रोकेका छन् ।
एक हप्ताअघि ११ बुँदे माग अघि सार्दै उनीहरुले आन्दोलन घोषणा गरेका थिए । स्वास्थ्य मन्त्रालयले उनीहरुका मागको सुनुवाइ नगरेपछि पूर्व कार्यतालिका अनुसार सोमबारदेखि तीन दिनसम्म उनीहरुले १० देखि १ बजेसम्म ३ घन्टाका लागि ड्युटी छाड्ने घोषणा गरेका हुन् ।
उनीहरुले मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनासर्त पुनर्बहाली, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनर्स्थापना, जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको ुनर्स बिरामीको अनुपातु सबै अस्पतालमा यथाशीघ्र लागू, नेपाल सरकारका नर्सहरुलाई उपलब्ध गराइरहेको न्यूनतम तलबभत्ता सरह विभिन्न निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि तहगत हिसाबबाट उपलब्ध हुनुपर्ने लगायतका ११ माग रहेका छ ।