केपी ओली प्रचण्ड माधव नेपाल एमाले


छोराको जन्मदिनमा चर्पी उपहार

सहयात्रा टिभी

झापा । माघ–२ कमल गाउँपालिका–१ का केदार कटुवालले आफ्नो छोराको जन्मदिनमा चर्पी उपहार दिएको छ । उनले आफ्नो वडाका अतिविपन्न घरपरिवारलाई चर्पी निर्माण गर्ने सामग्री वितरणसँगै आफ्नो छोराको जन्मदिनको उपलक्ष्यमा एक दृष्टिविहिनलाई उपहार दिएको हो ।

छोराको जन्मदिनको अवसरमा  उपहार के दिउँ भनेर सोचिरहेका केदारलाई लाग्यो: कुनै एक विपन्नलाई चर्पी बनाउने सामान नै उपहार दिन पाए झनै भलो होला भन्ने सोचेर चर्पी उपहार दिएको उनले बताए  ।

वडाध्यक्ष समेत रहेका कटुवालले भने ‘मैले वडाको पैसाबाट नभई आफ्नै लगानीमा विद्यालयमा छात्रवृत्ति कोष स्थापना गर्ने सोच बनाएको थिएँ,’ ‘तर, गाउँमा खुल्ला दिसामुक्त अभियान चलेपछि छात्रवृत्ति कोष स्थापनालाई केही पर सारेर चार विद्यालयका एकएक जना विपन्न विद्यार्थीको घरमा चर्पी बनाउनका लागि आवश्यक सामान दिएँ ।’

उनले छोराको हातबाट दृष्टिविहीन बज्रबहादुर कार्कीलाई चर्पी बनाउने सामान हस्तान्तरण गरेको हो ।

‘अगामी दिनमा गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणा गर्दैछौ यजनो रहेको कटुवालले बताए ।

प्रकाशित : 16 January, 2018

प्रतिक्रिया दिनुहोस्