केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धनकुटामा आन्दोलन चर्कँदो

सहयात्रा टिभी

प्रदेश नं १ को राजधानी धनकुटा बनाउनुपर्ने माग गर्दै आज ३३ औँ दिन पनि आन्दोलन चलिरहेको छ । आन्दोलनकारीहरुले आज आमहड्तालको घोषणा गरी पूर्वाञ्चल क्षेत्रीय प्रशासन धनकुटामा तालाबन्दी गर्न गएका थिए। प्रदेशसभाका सांसदद्वय नीरन राई र इन्द्रमणि पराजुलीको नेतृत्वमा प्रशासन तालाबन्दी गर्न गएको टोलीको तालाबन्दी गर्ने क्रममा झडप भएको थियो । आन्दोलनकारीहरु क्षेत्रीय प्रशासन कार्यालयको मूलगेटमा सुरक्षाकर्मीको घेरा तोडेर कार्यालय परिसरमा पुगेपछि क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहविरुद्ध नाराबाजी गरेका थिए ।

 

 

 

 

 

आमहड्तालले यातायात, शैक्षिक संस्था, उद्योगधन्धा, ब्यापार ब्यवसाय प्रभावित परेका छन् । एक्कासि आमहडताल घोषणा गरेपछि कोशी राजमार्ग हुँदै संखुवासभा, भोजपुर, तेह्रथुमलगायतका जिल्लातर्फ हिँडेका सयौँ सवारी साधन भेडेटार, मूलघाट, हिले, संधुवालगायतका स्थानमा सवारी साधन रोकिएका कारण यात्रु अलपत्र परेका छन् ।

प्रकाशित : 17 January, 2018

प्रतिक्रिया दिनुहोस्