केही रोचक तथ्यहरु
१) मह यस्तो खाद्यपदार्थ हो जो हजारौँ वर्ष सम्म पनि विग्रँदैन ।
२) राति अबेर सम्म म्यासेज च्याट गर्दा मानिसहरु भावनामा बहकिइ खुलेर कुरा गर्न थाल्दछन् र यस्तो बेलामा जस्तोसुकै गोप्य कुराहरु पनि भन्न वा स्वीकार गर्न सक्छन ।
३) एक अध्ययनका अनुसार मानिसले सबै भन्दा छिटो निर्णय भिडियो गेम खेल्दै गर्दा लिन्छ ।
४) ज्यादा बुद्घीमान मानिसको दिमागले छिटो सोच्न सक्छ, तर उनीहरुको अक्षर नराम्रो हुन्छ, किनभने यस्ता मानिसहरु लेखाइमा धैर्यता राख्न सक्दैनन् साथै दिमागको गति र हातको गति बीच तादाम्यता मिलाउन सक्दैनन् ।
५) मानिसको पसिनाको गन्ध हुँदैन, मानव शरीरमा भएको ब्याक्टेरियाले पसिना सँग मिसिइ दुर्गन्ध फैलाउने गर्दछ ।
६) हाम्रो शरीर बिहानको ३ देखि ४ बजे सबै भन्दा कमजोर हुन्छ । धेरै मानिसहरुको मृत्यु यही समयमा निन्द्रामै हुने गर्दछ ।
७) एक अध्ययनका अनुसार ७ वर्ष भन्दा बढि टिकेको मित्रता जीवन भर रहन्छ ।
८) बैज्ञानिकहरुको एक अध्ययन अनुसार बिरालो पाल्ने मानिसहरुमा हृदयघात हुने सम्भावना कम हुन्छ ।