धनकुटामा कर्फ्यू

माघ ४ । धनकुटामा प्रशाशनले अनिश्चितकालीन कर्फ्यू लगाएको छ । सरकारले प्रदेश नं. १ को राजधानी बिराटनगर तोकेपछि धनकुटाबसीले राजधानी धनकुटा हुनुपर्ने माग राख्दै प्रदर्शन गरको थिए । विवाद चर्किदै जाँदा प्रदर्शनकारी हरुले एम्बुलेन्स तथा दमकल मा तोडफोड साथै सरकारी कार्यलयमा आगजनी गरेकाले प्रशासन कार्यालयले अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
३४ दिन देखि राजधानीको माग गर्दै चलिरहेको आन्दोलन प्रदेशको अस्थाई राजधानी बिराटनगर तोकिएपछि झन उग्र बन्दै गएको थियो । आन्दोलनले शैक्षिक संस्था, सवारी साधन, ब्यापारब्यवसाय ठप्प छन् साथै भोजपुर, संखुवासभा, तेहृथुम लगायतका ठाँउ हरुको जनजीवन कष्ठकर बनेको छ ।