केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बर्षमा एकपटक मात्र नुहाएको भन्दै डिभोर्स !

सहयात्रा टिभी

लोग्नेस्वास्नीबीचको झगडालाई सामान्यतयाः परालको आगो पनि भन्ने गरिन्छ किनकी भित्रभित्रै उनीहरुबीच बिभिन्न कारणले झगडा भइरहन्छ । धेरै जसो झगडा त्यसै सेलाएर जान्छन् भने कतिपय बढेर गइ डिभोर्सको रुपमा रुपान्तरण हुन पुग्छन् । यस्तै एउटा विचित्रको घटनाले लोग्नेस्वास्नीबीचको झगडा डिभोर्समा रुपान्तरण भएको छ । हालै ताइवानमा एकजना मानिसले आफ्नी पत्नीसँग डिभोस गरेका छन् डिभोर्स गर्नुको कारण चाहीँ स्वास्नीको फोहोरी बानी बताएका छन् ।


उनका अनुसार उनकी पत्नीले वर्षदिनमा एकपटक मात्र नुहाउँथिन र त्यही फोहोरी ब्यवाहारको कारण डिभोर्स गर्नु परेको हो । पत्नीको फोहोरी ब्यवाहारकै कारण बिहे गरेको लामो समयसम्म पनि आफूहरुका बच्चाबच्ची नभएका उनको दाबी छ । पत्नीको फोहोरी बानीका कारण आफू मानसिक रुपमा पीडित भएको भन्दै उनले स्थानीय न्यू ताइपेइ जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेका थिए र अदालतले उनको निवेदनमा फैसला गर्दै डिभोर्स हुने निर्णय गरेको छ ।

प्रकाशित : 19 January, 2018

प्रतिक्रिया दिनुहोस्