सुताईबाट थाहा हुन्छ मानिसको व्यवहार
हरेक मनिसको आफ्नै सुत्ने तरिका हुन्छ । धेरै जसो मानिसहरुलाई आफ्नै तरिकाले सुत्दा मात्र निन्द्रा लाग्ने हुन्छ । यदि मानिसको सुत्ने तरिकालाई गहन् रुपमा अध्ययन गर्ने हो भने यसबाट उनीहरुको स्वभाव थाह पाउन सकिन्छ । मानिसको सोच उसको ब्यवाहारमा झल्कने भएकाले मानिसको सुताइको प्रकारले उसको ब्यवाहार कस्तो हुन्छ भनेर मोटामोटी प्रक्षेपण गर्न सकिन्छ ।
हेर्नुहोस कसरी सुत्ने मानिसको कस्तो स्वभाव हुन्छ ।
१) हात खुट्टा सबै खोलेर सुत्ने :
जो मान्छे हात खुट्टा फैलाएर पिठ्युको बलमा सुत्छ उसको त्यस्तो मान्छे आफ्नो कार्य स्वतन्त्र रुपमा सम्पादन गर्न खोज्छ । उनीहरु आफ्नो जीवन भरी सुन्दरता र सुख सुविधाको पछाडी कुद्छन् । यस्ता मानिस हरु जीवनमा सफल हुन्छन् ।
२) पेट तल पारेर घोप्टो परेर सुत्ने :
यस्ता मानिसहरु संकुचित मानसिकचा र स्वार्थी किसिमका हुन्छन । उनीहरुले साथीहरु पनि आफ्नो कार्य सिद्दिको लागि बनाउछन् । यस्ता मानिस छिटो बदलाब हुन सक्छन् ।
३) एकापट्टी कोल्टेर सुत्ने :
एकतिर कोल्टो परेर सुत्ने मानिस आत्मविश्वासी हुन्छ साथै छिटो सफलता हाँसिल गर्नसक्ने किसिमको हुन्छ । यस्ता मानिसहरु उत्साही किसिमका हुन्छन् । उनीहरुले आफ्नै कर्मद्वारा सबै सुख सुबिधाहरु पाउन सक्छन् ।
४) आकाश तिर फर्केर सुत्ने :
जो मानिस ढाढको साहाराले आकाश तिर फर्केर सुत्छ उ हरेक पागलपनको हद सम्म जान चाहन्छ । सुरु गरेको काम नसकिए सम्म ऊ आनन्दले बस्न सक्दैन । यस्ता मानिस एकान्तप्रेमी र मेहनती हुन्छन् ।
५) एकापट्टी फर्केर कुप्रो परेर सुत्ने :
इस्ता मानिसहरु स्वार्थी किसिमका हुन्छन् । उनीहरु मित्रता पनि स्वार्थकै लागि गर्छन् । यिनीहरु तामसिक प्रबृतिका हुन्छन् र खाना पनि तामसिक (मासु, रक्सी) नै रुचाउँछन् ।
६) हातलाई टाउको पछाडी लगेर सिधा सुत्ने :
यस्ता मानिसहरु बुद्घिमान हुन्छन् । उनीहरु सँधै नयाँकुरा सिक्नका लागि तत्पर रहन्छन् । उनीहरु आफ्नो घर परिवार सँग धेरै नजिक हुन्छन् र सिर्जनात्मक काममा रुची राख्छन्