आज सरस्वती पूजा : देशभर विद्याकी देबी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदै
सहयात्रा टिभी
काठमाण्डौँ । माघ- ८, हरेक माघ शुक्ल पञ्चमीमा मनाइने श्रीपञ्चमी आज पनी देशभरी विद्याकी देवी सरस्वतीको पूजा आरधना गरेर मनाइदै छ । आजको दिन बालबालीकाहरुलाई अक्षराम्भ गराए विद्यामा उनीहरु अब्बल हुने जनविश्वास रही आएको छ । सरस्वती देवी विद्या र ज्ञानकी देवी भएकाले विद्यार्थी तथा सम्पुर्ण हिन्दु धर्मावलम्वीहरुले किताब, कापी सहित सरस्वती देवीको पुजा गर्ने गर्दछन् ।
आज देखि सुर्य उत्तरायण हुने र बसन्त ऋतुको आगमन हुने भएकाले आजको दिनलाई बसन्त पञ्चमी पनि भन्ने गरिन्छ । चन्द्रमाजस्तो गोरो वर्णकी, हातमा वीणा र पुस्तक लिएकी देवी सरस्वतीलाई भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पनि पुकारिन्छ ।