रियल मड्रिडले गर्यो ७ गोल

काठमाण्डौँ । माघ ८, स्नेनिस ला लिगामा रियल मर्डिडले ७—१ को फराकिलो अन्तरले डिपोर्टिभो ला कोरुनामाथि जीत दर्ता गरेको छ । यस सिजनकै नतीजा निकाल्न रोनाल्डो, बेल र नाचोको उत्कृष्ट प्रदर्शन रह्यो । ला लिगाको यस सिजनमा उपाधि होडमा निरन्तर पछाडि परिरहेको डिफेन्डिङ च्याम्पियन रियल मड्रिड यो खेल पश्चात १९ खेलबाट ३५ अंक बनाएर अंक तालिकाको चौथो स्थानमा रहेको छ भने , लिग लिडर बार्सिलोना भन्दा १९अंकले पछाडि छ । यद्यपि बार्साले एक खेल बढी खेलेको छ ।
रियल मड्रिडको होम गाउण्डमा भएको खेलमा अग्रता भने डिपोर्टिभोले बनाएको थियो। २३ औ मिनेटमा अड्रिन लोपेजको गोलबाट खेलमा अग्रता लिए । पहिलो हाफमा २—१ ले अग्रता लिएको मर्डिड दोश्रो हाफमा हाबी भयो ।
रियलका लागि क्रिस्टियानो रोनाल्डो, ग्यारेथ बेल र नाचोले २-२ गोल गरे भने लुका मोड्रिकले १ गोल गरे। नाचोले ३२ औं र ८८ औं मिनेटमा बेलले ४२ औं र ५८ औं मिनेटमा, रोनाल्डोले ७८ औं र ८४ औं मिनेटमा र लुका मोड्रिकले ८८ औं मिनेटमा गोल गरेका थिए ।