चलचित्र हेर्न अव हलसम्म धाउनु पर्देन : ल्याएको छ डिसहोमले सुनौलो अवसर
काठमाडौ । डिस होम नेपालको एकमात्र डिटिएच सेवा हो । यसलाई डिस मिडिया नेटवर्क लिमिटेडद्वारा सञ्चालित गरिएको छ । तीनकुनेमा प्रधानकार्यलय रहेको यस कम्पनीको सबै जिल्लाहरुमा सेवाबिस्तार भइसकेको छ । नेपालभर यसको ८० बितरक र लगभग २ हजार सहवितरक रहेका छन् । यो नेपालको टिभी सेवाप्रदायक मध्येको सबैभन्दा बढी प्रयोगकर्ता भएको प्रदायकहो । यसको स्थापना सन् २०१० माभएको हो । ग्राहकहरूले ५ हजार ९ सय ९९ पर्ने डिसहोमको हाईब्रिड एचडी कनेक्सन खरिद गर्दा ३ हजार छुट प्राप्त गरी २ हजार ९ सय ९९ मै जोड्न सक्ने छन् ।
डिशहोमले लोकप्रिय स्वदेशी तथा विदेशी च्यानलहरुको साथ साथै आफ्नै च्यानलहरु पनिप्र शारण गरिरहेको छ जसमा ग्राहकहरुले नेपाली चलचित्रहरु प्रसारण हुने प्लसमुभी, नेपालकै पहिलो र एकमात्र खेलकुद सम्बन्धि च्यानल एक्सन स्पोर्टस्, पुर्णरुपमा मनोरञ्जनात्मक रमाईलो टि.भि., सांगीतिक च्यानल तथा अन्य डिसहोमका च्यानलहरु हेर्न सक्नुहुनेछ । डिसहोेमका नयाँ च्यानलहरु हेर्न ग्राहकले आफ्नो प्लसप्याकेज लिनुपर्नेछ । पहिला देखिनै बेसिक, मिडियम, डिलक्स र सुपर एचडी प्लस प्याकेज हेरिरहेका ग्राहकले थोरै रकम थप गरेर प्लस प्याकेज लिनुपर्ने डिसहोमले बताएको छ । डिसहोमले निरन्तर नयाँ च्यानल थप्दै जाने र कम्तीमापनि १० देखि २० वटा आफ्नै च्यानलबनाउने लक्ष्यलिएको छ ।
डिसहोमले आफ्नो ग्राहकहरुको लागि थप मनोरञ्जन दिन नयाँ रिलिज नेपाली कथानक चलचित्रघरमै बसेर हेर्न सकिने पेपर भ्यु ९एबथ एभच ख्ष्भध० सेवा पनि संचालनमा ल्याएको छ । इच्छुक ग्राहकले चलचित्र प्रसारण हुने दिन एसएमएस पठाएर, फोन गरेर वा नजिकको डिशहोम बिक्रेता संग सम्पर्क गरेर यो सेवा लिन सकिने कम्पनीले जनाएको छ । यो सेवाले नेपाली चलचित्र बजारको देशको कुनाकुना सम्मबिस्तार हुनेछ र नयाँ रिलिज चलचित्रको पहुँचबाट टाढा रहेका दर्शकहरुले पनि घरमै बसेर नयाँ नेपाली चलचित्रहरु हेर्न पाउने भएका छन् ।
आजको यो प्रतिस्पर्धि र आधुनिक समयमा पनि एनालग सिग्नलवाट टेलिभिजन हेर्ने पुरानै प्रणाली यथावत नै छ । गत बैशाख १५ देखि एनालग सिग्नल बन्दगर्ने भन्दै सरकारले नै केबल च्यानल वितरक संस्थाहरुको लाईसेन्स नै खारेज गर्ने भनेर निर्णय गरेपनि सो कार्य कार्यन्वयानमा भने आज सम्म पनि लागू हुन सकेको छैन । यसै बिच डिस मिडिया नेटवर्क लिमिटेडले अत्याधुनिक डिजिटल प्रविधिवाट आफ्ना सेवाप्रदान गरिरहँदा, एनालग च्यानलवाट आजपनि टेलिभिजन हेर्ने ग्राहकहरुले अव गुणस्तरिय डिजिटल प्रविधिमाजाने की, कानुन ले नै बन्देज लगाएको गुणस्तरहीन पुरानै एनालग प्रविधिमा सिमित भएर बस्ने भनेर तपाई हामी सवैले सोच्नेकी ?