निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने मुख्य सुटर पक्राउ

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने मुख्य सुटरलाई प्रहरीले आज बिहान चितवनबाट पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी र रुपन्देही प्रहरीको टोलीले मुख्य सुटर श्याम लामा गुम्बेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। लामा पूर्व सैनिक हुन्। घटनाका प्रमुख योजनाकार समिरमान सिंह बस्नेतसहित यसअघि प्रहरीले ११ जनालाई पक्राउ गरिसकेको छ।
गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो। मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गाडीमा रहेका गौचनमाथि गोली प्रहार गरेका थिए।