जब मैले मेरो श्रीमान नपुंसक भएको थाहा पाएँ….

सहयात्रा टिभी

बिबिसी

२०७४ माघ ६, शनिबार  प्रकाशित

त्यो मेरो बिहेको रात थियो। पहिलो पटक म एउटा पुरूषसँग नजिक हुँदै थिएँ।

मेरा एकदमै मिल्ने साथीहरूसँग गरेका कुराकानी र मैले हेरेका अश्लील भिडिओहरू सम्झिँदै मेरो दिमागमा सपना र चाहनाका अनेकौँ तस्वीरहरु घुमिरहेका थिए।

म हातमा एक गिलास दूध लिइ टाउको निहुराएर कोठामा प्रवेश गरेँ। त्यो पूरै परम्परागत शैलीमा थियो जस्तो मैले कल्पना गरेकी थिएँ।

तर मैलै सोचेकै थिइनँ एउटा कहालीलाग्दो आश्चर्य मलाई पर्खिरहेको थियो। वास्तवमै एउटा भयङ्कर निराशाजनक।

कल्पनामा म कोठा छिर्दा मेरा पतिले मलाई दह्रोसँग अंगालो मारून् भन्ने चाहन्थेँ, निस्सासिने गरी चुम्बनहरू गरून् भन्ने सोच्थेँ र रातभर मलाई माया गरून् भन्ने चाहन्थेँ। तर वास्तविकतामा म कोठामा पुग्दा उनी निदाइसकेका थिए।

म ३५ वर्षकी थिएँ र मसँग यौनसम्पर्क गरेको अनुभव थिएन। त्यो अस्वीकार्यता एकदमै पीडादायी थियो।

कलेजको बेला र काम गर्दा मैले धेरै केटा र केटीहरू सम्झनलायक गहिरो मित्रतामा परेको देखेँ। उनीहरू एकअर्काको काँधमा टाउको राखेर बस्थे, एकअर्काको हात समाएर हिँड्थे र मैले डाह गर्थेँ।

के मलाई

प्रकाशित : 24 January, 2018

प्रतिक्रिया दिनुहोस्