वाइसिएलको केन्द्रीय समितिद्धारा तराईको शितलहरबाट प्रभावित ८ जिल्लाका १६०० घरपरिवारलाई न्यानो वितरण
काठमाडौ । माघ–१० तराईको शितलहरबाट प्रभावित परिवारलाई ‘न्यानो वितरण एक हप्ते अभियान’ सकाएर वाइसिएलको केन्द्रीय समितिको टोली काठमाडौ फर्किएको छ ।
तराईको शितलहरबाट प्रभावित ८ जील्ला गरी १६०० घरपरिवारलाई न्यानो कपडा वितरण सँगै पर्साको छपकैयामा भारतले सिमा मिचेको क्षेत्रमा नेपाली झण्डा गाडेर टोली काठमाडौ फर्किएका हो ।
वाइसीएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखाले’ गरिविका कारण तराईको जनजिवन प्रभावित भएको र गरिवि उन्मुलनका नाममा बर्षेनी अरबौं रुपैयाँ खर्च गर्ने राज्यको कोष कहाँ गईरहेको छ भन्ने विषयमा खोजी गर्नुपर्ने बताए । उनले भने ‘संगठनले अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग यसबारे दवावमुलक कुरा गर्ने र अब बन्ने सरकारलाई गरिवि उन्मुलनमा ठोस कदम चाल्न भन्ने छ ।’
तराईमा चिसो तथा शितलहरका कारण धेरैको ज्यान गए सँगै जनजीवन कष्ठकर बनेको छ ।