केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मेरो जीवन असुरक्षित छ – सिलवाल

सहयात्रा टिभी

काठमाण्डौँ । माघ -११, नेकपा एमाले बाट ललितपुर क्षेत्र नं. एक बाट प्रतिनिधिसभाका लागि निर्वाचित सांसद तथा पूर्व डिआइजी नबराज सिलवालले प्रधानमन्त्री शेर बहादुर देउवाले कांग्रेसले चुनाव हारेको प्रतिशोधस्वरुप आफुविरुद्ध अनुसन्धान गरेर फसाउन दाबी गरेका छन्। बुधबार अज्ञात स्थलबाट बिज्ञप्ती जारी गर्दै उनले आफु असुरक्षित रहेको समेत बताएका छन्।

 

सिलवालले आफूले कीर्ते नगरेको बताउँदै नियोजित, बद्नियत पुर्णरुपमा आफ्नो सार्बजनिक जीवन सखाप पार्न दुरासयबस प्रयोजित प्रचार भइरहेको दाबी गरेको छन् । बिज्ञप्तीको तेस्रो बुँदामा प्रधानमन्त्री देउबाले अनेक प्रपञ्च र तिकडम गरेर उनका विरुद्द संलग्न गृहमन्त्रालय र प्रहरी संगठनका सबैलाई पुरस्कृत गरेको फेरीहस्तेले पनि यस्तो गैरकानुनी कार्यमा कोको सहभागी थिए भनेर सहजै अनुमान लगाउन सक्ने बताएका छन् ।

प्रकाशित : 25 January, 2018

प्रतिक्रिया दिनुहोस्