सन्दुक रुइत भारतको प्रतिष्ठित पद्मश्रीबाट पुरस्कार बिभुषित हुँदै

सहयात्रा टिभी

काठमाडौं । माघ- १२, नेपाली बरिष्ठ आँखा चिकित्सक डा. सन्दुक रुइतलाई भारत सरकारले प्रतिष्ठित पद्मश्री पुरस्कार प्रदान गर्ने भएको छ । गणतन्त्र दिवसको अवसरमा दिइने विभिन्न पुरस्कारहरुको घोषणा गर्दै भारतको प्रतिष्ठित यो पुरस्कार यस वर्ष विदेशीतर्फ डाक्टर रुइतलाई प्रदान गरिने भएको हो।

भारतको प्रेस इन्फर्मेसन ब्युरोले आफुनो आधिकारीक ट्विटरमा ‘सस्तो मूल्यमा मोतीविन्दूको शल्यक्रिया गरी उनले एक लाखभन्दा बढी मानिसलाई ज्योति प्रदान गरेका छन्,’ लेखेको छ । ब्युरोका अनुसार डा रुइतको प्रविधिले मोतीविन्दुको शल्यक्रियाको शुल्क ९० प्रतिशतसम्मले कम भएको छ भने ३० भन्दा बढी देशहरूमा यसको प्रयोग भइरहेको छ । डाक्टर रुइत तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक हुन्। रुइतले विकास गरेको इन्ट्राअकुलर लेन्स संसारभरि लोकप्रिय छ। मोतीविन्दुको अप्रेसन गरेपछि आँखामा राख्नु पर्ने यो लेन्स दुई दशकअघिसम्म १ सय अमेरिकी डलर पर्ने पर्ने गर्दथ्यो जसका कारण धेरै अविकसित देशका नागरिक यसको पहुँच बाहिर थिए।

प्रकाशित : 26 January, 2018

प्रतिक्रिया दिनुहोस्