प्रदेशसभा अधिवेशनको आव्हान, कुन प्रदेशको कहिले ?

सहयात्रा टिभी

काठमाण्डौँ । माघ-१२, प्रदेशसभा सांसदहरुको निर्वाचन र सपथ ग्रहण भइसकेको अहिलेको अवस्थामा निर्वाचित प्रदेशसभाहरुको प्रथम अधिवेसनका लागि आह्वान हुन शुरु गरेका छन् । प्रदेश नम्बर दूई र सातमा प्रदेशसभा अधिवेशन माघ २१ गतेका लागि डाकिएका छन् भने प्रदेश नम्बर तीनमा प्रदेशसभाको पहिलो अधिवेशन माघ १८ गतेका लागि बस्नेगरी आह्वान भएको छ । बाकी रहेका प्रदेश १, ४, ५ मा पनि छलफललाई तीब्र गरिएको छ ।


संबैधानिक ब्यवस्था अनुसार प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले तीस दिनभित्र प्रदेश प्रमुखले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्रीका रुपमा नियुक्त गर्नु पर्ने हुनाले फाल्गुण ५ गते भित्र मुख्य मन्त्री छनोट गरीसक्नुपर्ने बाध्यतात्मक ब्यवस्था रहेको छ ।

प्रकाशित : 26 January, 2018

प्रतिक्रिया दिनुहोस्