धनुषामा जीप दुर्घटना : चालकसहित ६ को मृत्यु

सहयात्रा टिभी

जनकपुरधाम । धनुषामा टाटा सोमु दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । सो दुर्घटनामा चालकको पनि मृत्यु भएको छ । काठमाडौंबाट झापा जाँदै गरेको बा ९ च ३३१४ नम्बरको टाटासोमु तिब्र गतिका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका पोर्ताहास्थित कमदला नदिको पुल नजिक राति २ः३० बजे सडकबाट उत्तरतर्फ रहेको पोखरीमा खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दुघटनामा परि मृत्यु हुनेहरुमा संखुवासभा धर्मदेवी वडा नम्बर ९ का नयाराज जिमी, खोटाङ निर्मल डाँडाका ज्ञानबहादुर चौहान, मोरङ लेटाङ ८ का खेमकुमार रानामगर, विराटनगरका शारदा रेग्मी दाहाल, मोरङका बलराज न्यौपाने, पाँचथर रविका प्रनिता राई रहेका छन् । घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको र केहीको अवस्था समान्य रहेको छ ।

प्रकाशित : 27 January, 2018

प्रतिक्रिया दिनुहोस्