धितोपत्र बजार फेरि गर्मायो : यस साता १ अर्ब ७३ करोड शेयर कारोबार
काठमाडौँ । धितोपत्र बजारमा यस साता शेयर कारोबार ह्वात्तै बढेको छ । धितोपत्र बजारमा यस साता एक अर्ब ७३ करोड ९० लाख १४ हजार बराबरको शेयर कारोबार भई अघिल्लो साता भन्दा बढेको हो । नेपाल स्टक एक्चेन्जका अनुसार कुल १७७ कम्पनीको ५० लाख ५९ हजार ९३० कित्ता शेयर बिक्री भएका छन् । यस हिसावले कारोबार रकम गत साताको भन्दा यस साता ५८ दशमलव ७४ प्रतिशतले बढेको हो ।
गत साता १७० कम्पनीको एक अर्ब नौ करोड ५४ लाख ८५ हजार बराबरका २४ लाख ६१ हजार ६०० कित्ता शेयर खरिद बिक्री भएका थिए भने साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव ८६ अंकले बढेर अन्तिम दिन एक हजार ४०४ दशमलव ५३ अंकमा पुगेको हो । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ३१ अंकले बढेर २९६ दशमलव ४१ अंकमा आइपुगेको छ ।
यो साता कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर लिमिटेड अग्रस्थानमा छ भने यस कम्पनीको १६ करोड ७ लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ ।