चालकको लापरवाही कि समाजको ?

सहयात्रा टिभी

द्वारिका घिमिरे

पछिल्लो समयमा पत्रपत्रिकाको मुखपृष्ठमा होस् या टेलिभिजनको ब्रेकिङ्ग न्युजमा या चाहे अनलाईन मिडियाको होम स्क्रीनमा, दैनिक जसो सडक दुर्घटनाको समाचारले स्थान पाईरहेको छ । भयावह अवस्थामा सबैको ध्यानाकर्षण जरुरी भइसकेको छ । सवारी दुर्घटना कसरी न्युनीकरण गर्न सकिन्छ भनेर सरोकारवाला निकाय, विभिन्न संघसंस्थाहरु गहन छलफल तथा जनचेतनात्मक कार्यक्रम संचालनमा लागीपरिहेका छन् । यातायात व्यवस्था कार्यालयले पनि सवारी चालक अनुमतिपत्रमा कडाई गरेको छ । ट्राफिक प्रहरीले पनि सवारी चेकजाँचमा कडाई गरिरहेको छ । ठुला ठुला दुर्घटनाको भयावह तस्वीर देखेर स्वयं चालक तथा सवारी धनीले समेत लापरवाहीलाई कम गर्नुपर्छ भन्ने बुझ्न थालेका छन् । लापरवाही भएको अवस्थामा यात्रुहरु पनि सचेत भएर खवरदारी गर्न थालेका छन् । तर पनि किन सडक दुर्घटना बढिरहेका होलान त रु यसलाई एउटा गम्भीर प्रश्नको रुपमा लिन जरुरी छ । कहीँ भीरमा, कहीँ नदीमा त कहीँ सडकमै कैयौँ सपनाले दागवत्ती पाइरहेको अवस्थामा ‘चालकको लापरवाही’ भनेर मात्र चित्त बुझाउने प्रवृत्ति पक्कै पनि समाधानमूलक होइन । सडकमा कसले सवारी चलाईरहेका छन्, उनीहरुको जिम्मेवारी कति छ र समाजमा उनीहरुको कस्तो इज्जत छ भन्नेतर्फ पनि हाम्रो ध्यान जान जरुरी छ ।

गाउँतिर एउटा पढ्दै गरेको वालक पढाईमा कमजोर भएर गलत साथीभाईको संगतमा लाग्छ, उसलाई सहानुभूति मिल्दैन, फटाहा भएर घरपरिवारको नियन्त्रणभन्दा बाहिर भएपछि उसलाई समय व्यतीत गर्ने भर्ती केन्द्र भएको छ यातायात क्षेत्र । कम तलबमा जनशक्ति पाइने हुनाले सवारी धनीको पहिलो प्राथमिकता पनि त्यही वर्गका युवाहरु हुन्छन् । केही वर्ष सहयोगीको काम गरेपछि सवारी चालक बन्नु खासै ठुलो कुरा होइन । अहिलेका प्रायः युवा चालकहरु पनि त्यही पृष्ठभूमिबाट आएका हुनाले उनीहरुमाथि सामाजिक सहानुभूति पनि कम छ । कोहीकोही राम्रा मान्छे पनि पेशाको रुपमा प्रवेश गरेपनि धेरै दिन नटिक्ने वातावरण छ । अझ लोकल यातायात क्षेत्र दादागिरी धेरै हुने कुरा त सर्वविदितै छ । साधारण खर्चको लागी दिनभरी गाडीमा काम गर्ने, बेलुका भएपछि मदिरापान गर्ने प्रायः एक यातायात मजदुरको दैनिकी रहेको छ ।

कोही मानिस निजी कार्यालयमा कम तलबमै भएपनि काम गरिरहेको छ भने समाजमा उसको अर्कै छवि हुन्छ । तर उसले भन्दा धेरै कमाउने सवारी चालकको छवि कसले कम गराएको हो रु एक मजदुरले जथाभावी धुम्रपान, मदिरापान गर्नु खासै अनौठो हुँदैन तर एक कर्मचारीले मदिरापान गरेर हिँड्नु भनेको सामाजिक रुपमा आफ्नो खुट्टामा आफैँ बन्चरो हान्नु जस्तै हो । हामीले यातायात मजदुरलाई पनि एक कर्मचारीकै छवि दिन सक्दैनौँ रु हामीले राम्रो इज्जत दिनु हो भने त्यहाँ पनि राम्रो मान्छेको प्रतिस्पर्धा हुन्थ्यो कि रु समाजमा घुलमिल हुने जनशक्तिको आवश्यक्ता खट्केपछि त्यहाँ पनि प्रकृयाबाट कर्मचारी नियुक्ति गर्ने व्यवस्था सुरु हुन्थ्यो कि रु जसरी हवाई, रेल यातायात क्षेत्रमा कर्मचारीको प्रमुख जिम्मेवारी हुन्छ त्यसरी नै यातायात क्षेत्रमा पनि कर्मचारीको जिम्मेवारी हुन्छ । तर सरकारी निकायबाट जिम्मेवारी थप्ने काम मात्र हुन्छ, उनीहरुको आत्मसम्मानलाई कसैले नजरअन्दाज गरेको पाईँदैन ।


पहिले सामन्ती युगमा ठुलो जातिले सानो काम नगरेजस्तै आपूmलाई समझदार भन्ने समाजबाट बिग्रिएको मान्छेलाई दिइने उपमा बनेको छ “खलासी” । यो पेशालाई पेशाको रुपमा लिने समझदार समुदायको अभाव रहेको अवस्था छ । बरु खाडी मुलुमा गएर १५÷२० हजारको काम गर्ने युवाले इज्जत पाउँछ तर यहीँ यातायात क्षेत्रमा काम गर्ने मजदुरलाई सबैभन्दा तल्लो दर्जाको नागरिक मान्ने समुदाय धेरै ठुलो छ । कतिले पेशाको रुपमा अँगाले पनि यहीँ जम्नुभन्दा प्रायःले केही वर्ष विदेश जाने मनसाय बनाएका हुन्छन् । ‘आत्मसम्मान’ हरेक मानिसको मनोवैज्ञानिक आवश्यक्ता हो । देशमा लोकतन्त्र आईसकेको छ । तैपनि हरेक पाईलामा दमन, शोषण गर्ने प्रवृत्ति भने कम भइसकेको छैन । दक्ष स्वदेशी श्रमशक्ति विदेश पलायन भइरहेको अवस्थामा देशका साना उद्योगमा आत्मसम्मानको साथ काम गर्ने वातावरण छैन ।
उपत्यकाभित्र हेर्ने हो भने विद्यार्थी छुट माग्ने विद्यार्थीलाई परिचय–पत्र देखाउन गाह्रो हुन्छ । छुट मागेपछि परिचय–पत्र देखाउनु हाम्रो कर्तव्य हो तर कतिपय भलादमीहरु उल्टै सहचालकलाई तितो पिरो गाली दिँदै परिचयपत्र देखाउँछन् । ‘उसले आफ्नो काम गरिरहेको छ, उसलाई आफ्नो तर्फबाट सहयोग गर्नुपर्छ’ भन्ने थोरैको मात्र दिमागमा आउँछ । ‘गाडी स्टाफले आफ्नो काम गरिरहेका छन्, अरुलाई लुट्न बसेका होइनन्’ भन्ने कुरा आम मानिसलाई थाहा हुन जरुरी छ ।

राजमार्गमा ठाउँठाउँ ट्राफिक प्रहरी बसेका हुन्छन् तर कहाँ बसेका छन् भन्ने सवारी चालकलाई थाहा हुन्छ । मस्त मोवाइलमा कुरा गरिरहेको बेला चेकजाँच हुने ठाउँमा फोन होल्ड गरी अघि लागेपछि फेरी कुरा गर्न थाल्छन् । मोटरसाईकलमा तिन जना सवार भैरहेका हुन्छन्, चेकजाँच हुने ठाउँमा एकजना ओर्लेर अलिक अगाडिबाट फेरी तिन जना चढेर अघि बढ्छन् । सवारी हेर्ने काम ट्राफिक प्रहरीको मात्र हो र रु दुर्घटना भएको खण्डमा अरुको मौनता दोषी हुँदैन ।

यातायात क्षेत्रमा मात्रै हेर्ने हो भने पनि एउटा पढेलेखेको सचेत नागरिकले त्यो काम गर्न चाहँदैन । सानो कुरामा पनि गाडीका स्टाफसँग झगडा गरी वीर गोर्खाली वन्न खोज्ने हाम्रो प्रवृत्तिले यातायात व्यवसाय खराब मानिसको भर्ती केन्द्र बनेको त होइन रु संवेदनशील क्षेत्रमा राम्रो मान्छेलाई टिक्न नदिने हामीले यातायात व्यवसायीको खराब बानीब्यवहारमा गुनासो गर्ने अधिकार छ त रु ‘रिठ्ठाकोे फल रोपेर कहाँ फल्छ र कागती’ भनेजस्तै अरुलाई सुध्रिन अनुरोध गर्नुपूर्व आफ्नो कमजोरी पनि हेर्न जरुरी हुन्छ । विकसित देशमा कुनै काम ठुलो–सानो हुँदैन ।

आत्मसम्मानका साथ हरेकले आफ्नो सीपको सदुपयोग गरी जीवनयापन गर्ने वातावरण छ । हाम्रो देशमा त्यस्तो वातावरण कसले बनाइदिने हो रु सरकारले रु या नेताले रु पक्कै पनि यो हाम्रो कर्तव्य हो । हरेक कुरालाई राजनीतिक मुद्दाको रुपमा लिनु, राजनीतिक पार्टी र सरकारले पनि आफ्नो जिम्मेवारी लिनु पनि हाम्रो कमजोरी हो । हामीले पनि यो क्षेत्रलाई सम्मानित बनाउन त सक्छौँ नि । राजनीतिक स्तरबाट पारित भएको नियम कार्यान्वयन त होला तर सामाजिक छवि नसुध्रिएसम्म यो क्षेत्रमा सुधार आउने सम्भावना कमै रहेको छ । चालकले जिम्मेवारी वहन गर्नुप¥यो भनेर भन्नुपूर्व हामीले उनीहरुमाथि गर्नुपर्ने जिम्मेवारी पनि याद गर्नुपर्ने हुन्छ । डा। भगवान कोइरालाभन्दा एक चालकको हातमा धेरैको जिन्दगी अडेको हुन्छ भन्ने त सबैलाई मनन भइसकेको छ । अब सवारी चालकलाई पनि डा भगवान कोइराला जस्तै सामाजिक छवि दिन अघि बढ्नुपर्ने वेला भएको छ । देशमै सानोतिनो भएपनि सबैलाई सम्मानसाथ काम गर्ने वातावरण बनाउन जरुरी छ ।

प्रकाशित : 29 January, 2018

प्रतिक्रिया दिनुहोस्