ट्रम्पले जबर्जस्ती चुम्बन गरे : संवेदनशील अंगमा सुम्सुमाए, अनि के के गरे ? (यस्तो छ, ट्रम्पमाथि आरोप लगाउने १४ महिलाका बयान)

सहयात्रा टिभी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः चर्चाको शिखरमा छन् । संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निक्की हेलीको विषयलाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्प चर्चामा आएका हुन् । यद्यपि हेलीले ट्रम्पसँगको सम्बन्धको विषयलाई अत्यन्तै तल्लोस्तरको र अपमानजनक भएको बताउँदै ठाडै अस्वीकार गरेकी छन् ।

उनकी पत्नी मेलेनियाँ ह्वाइट हाउस फर्केर आएकी छन् । उनी पति डोनाल्ड ट्रम्पसँग रिसाएर ह्वाउट हाउस छाडेर गएकी थिइन् । पछिल्ला दिन अमेरिकी एक पोर्न अभिनेत्रीले ट्रम्पसँग आफ्नो सम्बन्ध रहेको खुलासा गरेकी थिइन् ।

यसैबीच, डेली मेलकाअनुसार मेलेनियाँ फ्लोरिडा बीचमा मात्र २८ घण्टा बिताएर ह्वाइट हाउस फर्केकी हुन् । त्यहाँ उनी मार–ए–लैगो रिसोर्टमा बसेकी थिइन् । ट्रम्प र मेलेनियाँबीचको सम्बन्ध पछिल्ला दिन राम्रो नभएको चर्चा चलेको थियो । यसको कारण पछिल्ला दिन ‘द वाल स्ट्रिट जर्नल’ मा प्रकाशित पोर्न अभिनेत्री स्टेफनी क्लिफर्डको अन्तर्वार्ता थियो ।

क्लिफर्डले ट्रम्पसँग आफ्नो सम्बन्ध रहेको दाबी गरेकी थिइन् । जबकी ट्रम्पलाई कुनै महिलाले यौन शोषणको आरोप लगाएको यो पहिलोपटक भने होइन् । राष्ट्रपति भएपछि ट्रम्पलाई एक दर्जनभन्दा बढी महिलाले यौन शोषणको आरोप लगाइसकेका छन् । आरोप लगाउनेहरू मोडलदेखि लिएर अभिनेत्रीहरूसमेत रहेका छन् ।

जानौँ कहिले र कसले लगाए आरोप ?

जेसिका लिड्स

आफ्नो ट्रम्पसँग यौन सम्बन्ध रहेको भनेर दाबी गर्ने पहिलो महिला हुन् जेसिका लिड्स । उनले एउटा भिडिओमार्फत सार्वजनिक गरिन की, एकपटक जब उनी जहाजबाट न्यूयोर्क आउँदै थिइन् त्यो जहाजमा ट्रम्प पनि उनीसँगै परेका थिए । यो कुरा १९८० तिरको हो । त्यो वेला उनी ३८ वर्षकी थिइन् । त्यतिवेला ट्रम्पले उनको शरीर धेरै गलत तरिकाले छोएका थिए । उनको यो भिडिओलाई न्युयोर्क टाइम्सले अक्टुबर २०१६ मा आफ्नो वेबसाइटमा पनि राखेको थियो ।

रेचेल क्रुक्स

अक्टुबर २०१६ मा न्युयोर्क टाइम्समा छापिएको एउटा समाचारमा रेचेल क्रुक्सले आफू ट्रम्प टावरमा रहेको एउटा रियल स्टेट कम्पनीमा रिसेप्सनिस्ट रहेको बताएकी थिइन् । उनकाअनुसार सन् २००५ मा ट्रम्पले एक दिन उनलाई जबर्जस्ती ओठमा चुम्बन गरेका थिए । त्यतिबेला उनी मात्र २२ वर्षकी थिइन् ।

स्टार्मी डेनियल्स

गएको साता वाल स्ट्रिट जर्नलमा एउटा स्टोरी प्रकाशित गरिएको थियो, जसमा ट्रम्पका वकिलले २०१६ मा एक स्टार्मी डेनियल्स नामकी पोर्नस्टारलाई ‘मुखबन्द राख्न’ १ लाख ३० हजार डलर दिएका थिए । डेनियल्सको असली नाम स्टेफिन क्लिफोर्ड रहेको बताइन्छ । वालस्ट्रिट जर्नलमा डेनियलबारे खबर प्रकाशित भएपछि यो कुराले धेरै चर्चा पाएको थियो ।

सैमन्था होलवे

सैमन्था होलवे सन् २००६ मा मिस नर्थ क्यारालोना भइसकेकी छन् । यसबाहेक उनले मिस युएसए ब्युटी कन्टेस्टमा पनि भाग लिएका थिए । उनले एनबिसीको एक कार्यक्रममा बताइन् कि जब २००६ को सुन्दरी प्रतियोगिता चलिरहेका थियो ट्रम्प एक्कासि ड्रेसिङ रुममा पुगे । त्यतिबेला सबै प्रतियोगी अर्धनग्न अवस्थामा थिए ।

समर जेरवोस

जेरवोस २००६ मा ट्रम्पले सञ्चालन गरेको रियालिटी सो ‘द अप्रेटिस’ को एक प्रतियोगी भइसकेकी हुन् । उनले बताएअनुसार जब उनले एउटा जागिरको बारेमा कुरा गर्न ट्रम्पलाई भेटिन् तब ट्रम्पले उनलाई आफूसँग ओछ्यानमा सुताउने कोसिस गरे । उनकाअनुसार ट्रम्पले उनलाई बलियो गरी समातेर आक्रामक ढंगले चुम्बन गर्न थाले ।

क्रिस्टिन एन्डरसन

क्रिस्टिन एन्डरसनले पनि ट्रम्पलाई यौन उत्पीडनको आरोप लगाएकी थिइन् । उनकाअनुसार १९९० को दशकमा न्युयोर्कको एउटा रात्रि क्लबमा ट्रम्पले जबर्जस्ती समातेर उनको हात आफ्नो कपडाभित्र छिराए अनि चुम्बन गरे ।

लिसा बोयने

‘१६ महिलाहरू र डोनाल्ड ट्रम्प’ नामबो एउटा सर्ट फिल्ममा लिसा बोयनेले भनिन् कि १९९० को दशकमा एउटा पार्टीमा उनको ट्रम्पसँग भेट भएको थियो । यो पार्टी न्युयोर्कमा ट्रम्पले नै दिएका थिए । बोयनेकाअनुसार ट्रम्पले आफ्नो टेबुललाई प्रदर्शन कक्षका रूपमा प्रयोग गरे । उनले मोडल बन्न आएका केटीहरूलाई टेबुलमाथि हिँड्न लगाए । बोयनेकाअनुसार ट्रम्पले त्यहाँ जे गरे त्यो धेरै लज्जाजनक थियो ।

जेसिका ड्राक

वयस्क फिल्ममा काम गर्ने जेसिका ड्राकले अक्टुबर २०१६ मा लसएञ्जेलसमा एक पत्रकार सम्मेलन गरेर भनिन् कि ११ वर्षअघि ट्रम्पले उनलाई आफूसँग सेक्स गर्न बाध्य पारेका थिए । यसका लागि उनलाई ट्रम्पले १० हजार डलरको प्रस्ताव गरेका थिए ।

जिल हार्थ

यसैगरी, ट्रम्प ब्युटी प्याजेन्टकी ब्यापार साझेदार रहेकी जिल हार्थले १९९७ मा ट्रम्पविरुद्ध यौन दुव्र्यवहारको आरोपमा साढे १२ करोड डलरको हर्जाना माग गर्दै मुद्दा दायर गरेकी थिइन् । उनको आरोप थियो कि २४ जनवरी १९९३ मा ट्रम्पले उनलाई फ्लोरिडाको आफ्नो कम्पनीमा ओछ्यानमा लगेर यौन क्रियाकलाप गरे ।

ट्रम्पलाई यौन शोषणको आरोप लगाउने महिलामा कैथी हेलर, निनी लाकसोनन, मिंडी मैक गिलिवरे, नतासा स्टोयफन, टेम्पल टागार्ट र कारेना वर्जि्नियाँ रहेका छन् । उनीहरू सबैले ट्रम्पले जबर्जस्ती चुम्बन गरेको, संवेदनशील अंग सुम्सुमाएको, ओछ्यानमा लगेर लडाउन खाजेको जस्ता आरोप लगाएका छन् । जसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिथ्या भनेका छन् । (एजेन्सीको सहयोगमा)

प्रकाशित : 29 January, 2018

प्रतिक्रिया दिनुहोस्