२७ प्रतिशतले बढ्यो प्राइम बैंकको नाफा
सहयात्रा टिभी
काठमाण्डौँ । माघ -१६, प्राइम कमर्सियल बैङ्कले ७१ करोड ५१ लाख रुपैयाँ नाफा गर्दै खुद मुनाफा चालु आर्थिक वर्षको ६ महिनामा २७ दशमलब ७५ प्रतिशतले बढाएको छ । अघिल्लो वर्षको सोही अवधिमा ५५ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको बैंकले खुद ब्याज आम्दानीमा २८ दशमलव ९९ प्रतिशतले वृद्धि गरेको छ।
आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको उक्त बैंकले खुद ब्याज आम्दानीमा २८ दशमलव ९९ प्रतिशतले वृद्धि गरेको हो।