५ नेपाली सेना ग्रीनेड बिस्फोटनमा घाइते, एकको अवस्था गम्भीर

काठमाडौ । माघ १९, काठमाण्डौँको महाराजगञ्ज स्थित प्रशिक्षणका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाको पाँचजना घाइते भएका छन् , जसमा एकजनाको अवस्था गम्भीर रहेको छ । नेपाली सेनाका अनुसार प्रशिक्षणका क्रममा ग्रिनेडको पिन थुतेर फाल्ने क्रममा उक्त प्लास्टिक ग्रिनेट पड्किँदा भैरवनाथ गणकाका ५ जना शैनिक घाइते भएका हुन् । गम्भीर घाइते भएका एक जनाको त्रिबि शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने बाँकीको बीरेन्द्र शैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ ।
घाइतेहरुको नाम र थप विवरण सेनाले उपलब्ध गराइसकेको छैन ।