माल्दिभ्समा सर्वोच्च अदालतका न्यायाधीश पक्राउ, १५ दिन संकटकाल घोषणा

सहयात्रा टिभी

एजेन्सी । माल्दिभ्सको सर्वोच्च अदालतका प्रधानन्यायाधीश पक्राउ परेका छन् । मंगलबार माल्दिभ्समा राष्ट्रपति अब्दुल्ला यमेनले राजनीतिक व्यीक्रलाई छाडिदिने अदालतको आदेशलाई अस्वीकार गरेपछि उनी पक्राउ परेका हुन् । अदालतको आदेश अस्वीकारसंग माल्दिभ्समा संकट उत्पन्न भएको छ ।

प्रधानन्यायाधीश अब्दुल्ला सइद र अर्का न्यायधिश अलि हमिदलाई अनुसन्धानका लागि प्रक्राउ गरेको प्रहरीले जनाएको छ । उनिहरुलाई पक्राउ गरपनि के दण्ड हुने भन्नेबारे केहि खुलेको छैन । माल्दिभ्स सरकारले पूर्व राष्ट्रपति मौमुन अब्दुललाई पक्राउ गरेपछि देशमा १५ दिनको संकटकाल घोषणा गरिएको छ ।

प्रकाशित : 6 February, 2018

प्रतिक्रिया दिनुहोस्