सिंचाइ मन्त्रालयका सचिव यादव चढेको जिप त्रिशुली नदीमा खस्यो, सचिवसहित ३ जना बेपत्ता, चालक घाइते अवस्थामा फेला

सहयात्रा टिभी

धादिङ्ग । सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेको जिप पृथ्वी राजमार्ग अन्तर्गत सलाङघाटबाट त्रिशुली नदीमा खस्दा सिंचाइ मन्त्रालयका सचिव यादवसहित तीनजना बेपत्ता भएका छन् । बा २ झ ३१४० नम्बरको सिंचाइ मन्त्रालयको जिप कपिलवस्तुस्थित घरबाट काठमाडौं आउँदै गर्दा शनिबार बिहान ३ बजेतिर त्रिशुली नदीमा खसेको धादिङ्ग प्रहरीले जनाएको छ ।

चालक भने घाइते अवस्थामा दुर्घटनास्थलवाट भेटिएका छन् । उनी दुर्घटनास्थलबाट आफै बाहिर आएपछि प्रहरीहरुले उद्धार गरेका थिए । हराइरहेका तीनजना मध्य सचिव यादका छोरा संजय यादव र उनको साथीको छोरी रहेको घाइते चालकले जानकारी दिएको गजुरी प्रहरीले जनाएको छ । जिपमा अरु को को थिए भन्ने खुलिसकेको छैन । घाइते अवस्थामा रहेका चालक निराजन यादवलाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने वेपत्ता भएका सचिव यादव लगायतको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 10 February, 2018

प्रतिक्रिया दिनुहोस्