सामाजिक संजालका यो साताका बिचारहरु
- Prashant de Neupane
हुन त आफ्नो राष्ट्र हो। चाहे जितोस्, चाहे हारोस्, समर्थन त सधैं नै गरिन्छ तर यो लज्जित batting ले हामी कहिल्यै गतिलो जीत हात पार्न सक्दैनौं।
न कुनै प्लान छ खेल खेल्ने, न कुनै गतिलो batting order नै छ।
पारस जस्तो बिस्फोटक batting गर्ने खेलाडी नम्बर 3 batsman त्यो पनि शरदलाई displace गरेर। सम्भवत् सोम्पाललाइ नम्बर 5 वा 6 batsman को रुपमा लिनुपर्ने बेला आएको छ।
न single छ न double छ, boundary मात्र हान्न खोजेर जीत हात पार्नु उत्तिकै हो।
साथसाथै , CAN पनि restore हुनु आवस्यक छ। गतिलो batting अनि bowling coach को आवस्यकता छ, fielding मिलाएर सिकौंला।
sports आजको आवस्यकता!!!
Anup Marasini
होइन कहिले Rose day भन्छन् ,कहिले purpose day भन्छन् ।खासमा seven days को नाम नै change भएको हो भने बिदा कुन कुन day मा हुन्छ बुझ्न् पाए हुन्थ्यो !!!!!
Prasamsha Nepal
खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिन्छ तर किन खुल्ला बालश्रम मुक्त क्षेत्र घोषणा गरिदैन????
बिनि चाम्स @biyanpal5
भोजपुरसँग राष्ट्रपति छ,
अर्थमन्त्री छ, अब मुख्यमन्त्री पाउँछ ।
तर भोजपुरमा न बत्ति छ न बाटो ..
???
सन्दीप साह @iamsandeep00
यदि कसैको प्रगती देखेर डाह लाग्छ भने तिमीभित्र पनि त्यस्तै प्रगती गर्ने क्षमता छ भनेर बुझ्नु ।
Tulsi pd Bhattrai
यहाँ झूट चर्चा सँचा साँच भाछ
दुईमा दुई जोडदा पाँच भाछ ।
नियालेर हेर्दा कहाँ के छ पक्का
बिलाएर हीरा यहाँ काँच भाछ ।
म हेर्दै थिए रंगको मन्च भित्र
सबै अंग देखाउँदा नाँच भाछ ।
कुनै लाज पर्वाहको ख्याल छैन
सबैमा त्यहीँ दृश्य पो आँच भाछ ।
भयो विश्व नौलो बिचित्रै तमासा
बिधर्मीहरूको यहाँ हाँच भाछ ।
नलेखेर जित्यो न देखेर हार्यो
त्यहीँ दृश्य नै जीतको जाँच भाछ ।