खाग तस्करीमा ३ जना प्रक्राऊ, ती मध्ये २ जना सेना

काठमाडौं । माघ २८, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले गैंडाको दुई वटा खागसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउपर्नेमा दुई सैनिक र एक सर्वसाधरणलाई रहेका छन् । गोरखा घर भएका हरि बहादुर ढकाल, कृष्ण बहादुर मगर र डिल बहादुर ढकाललाई सिआईबीले आइतबार गैडाको खाग सहित पक्राउ गरेको हो ।
हरि बहादुर र कृष्ण बहादुर सैनिक भएको र उनीहरुमाथि थप कारबाहीका लागि सैनिक प्रहरीलाई बुझाइएकोछ भने डिल बहादुरलाई जिल्ला वन कार्यालयमा बुझाएको सिआईबीले जनाएको छ । उनीहरुबाट प्रहरीले उनीहरुबाट प्रहरीले एउटा १ किलो १ सय ८० ग्राम तथा अर्को ६ सुय ४० ग्रामको खाग बरामद गरेको छ।