केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शिबरात्री किन मनाइन्छ ?

सहयात्रा टिभी

काठमाण्डौँ । फाल्गुण १, आज शिबरात्री बिश्वभरका हिन्दु समुदायले यस पर्वलाई हर्षोल्लासका साथ मनारहेका छन् । धर्मशास्त्र अनुसार भगवान् शिवजी सर्वप्रथम प्रकट हुनुभएको समय नै शिवरात्रि हो। फाल्गुण कृष्णपक्ष, चतुर्दशी तिथिको रात्रिसमयमा यस लोकको दृष्टिगोचरमा अनादि अनन्त भगवान् शिवजी ज्योतिर्लिंग स्वरूपमा उत्पत्ति हुनुभएको धार्मिक विश्वास छ। स्वयं देबता हरुका पनि देवता महादेब महाँदेब उत्पती हुनु भएको यस पवित्र रात्रीलाई महाशिवरात्रि भनिन्छ । महादेबलाई छिटै खुसि बनाउन सकिने भएकाले ‘आशुतोष’ भनी पूजा–आराधना गरिन्छ। हिन्दु धर्ममा शिवको अर्थ कल्याण हुन्छ अतः सर्वप्रथम ज्योतिर्लिंग स्वरूपमा शिव यस लोकको दृष्टिगोचरमा प्रकट हुनुभएको रात्रि भएकाले शिवरात्रि मानवमात्रका लागि अत्यन्त पवित्र मानिन्छ।पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्त्व वर्णन गरिएको छ। यी मध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिको विशेष महत्त्व छ। सम्पूर्ण दीनदुःखी र संकटले घेरिएका प्राणीहरूको हृदयमा वास गरी कल्याण गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिन नै शिवरात्रि हो।

 

महाशिवरात्रिको ब्रतलाई ब्रतमध्येको उत्कृष्ट ब्रता मानिन्छ । यस दिनमा शुद्धले शिव मन्दिरमा “ऊँ नमः शिवाय” मन्त्रजप गरी पूजाआराधना र दूध, धतुरो, बेलपत्र आदि आदी चढाउनाले दिन कामना सिद्धि हुनुका साथै मृत्युपश्चात् शिवलोक प्राप्त हुने विश्वास गरिन्छ।

प्रकाशित : 13 February, 2018

प्रतिक्रिया दिनुहोस्