नेपाल डिभिजन २को उपविजेता भएसँगै जिम्बावेमा हुने विश्वकप छनोटको बी ग्रुपमा

सहयात्रा टिभी

काठमाडौं । फागुन ४, आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा बिहीबार भएको खेलमा विजेता र उपबिजेताको टुङ्गो लागेको छ । उक्त खेलमा युएइले नेपाललाई ७ रनको अन्तरले हराउदै प्रतियोगिता विजेता बन्यो र नेपाल उपविजेता बन्न सफल रह्यो । विजेता र उपबिजेताको तय भएसँगै अर्को महिना जिम्बावेमा हुने एकदिवसिय विश्वकप छनोट प्रतियोगिताको समूह विभाजन पनि तयार भइसकेको छ । प्रतियोगिताको बिजेता टोली युएइ समुह ‘ए’ मा परेको छ भने उपविजेता नेपाल समुह ‘बी’ मा परेको छ । नेपालसँगै समुह ‘बी’ मा अफगानिस्तान, जिम्वाबे, स्कटल्यान्ड, हङकङ रहेका छन । उक्त प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले विश्वकप खेल्न पाउनेछ। त्यसैगरी समुह ‘ए’ मा वेस्ट इन्डिज, आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र यूएई रहने छन् ।

 

क्वालिफायरमा दुवै समूह चरणको खेलपछि दुवै समूहबाट शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्समा प्रत्येकले प्रत्येक टिमसँग खेलेपछि बढि अंक हात पार्ने शीर्ष दुई टोलि फाइनल पुग्दै वर्ल्डकपमा छनोट हुनेछ। यसका साथै टेष्ट मान्यताप्राप्त राष्ट्र र नेदरल्याण्ड बाहेकका अन्य एसोसिएट राष्ट्रले शीर्ष ३मा स्थान बनाउन सके टेष्ट मान्यता प्राप्त गर्ने छ ।

प्रकाशित : 16 February, 2018

प्रतिक्रिया दिनुहोस्