केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नयाँ सरकारको घोषणा :राष्ट्रियसभामा पुर्ब प्रधानमन्त्री देउवाले गरेको सिफारिस फिर्ता लिइने

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन ४, नवनियुक्त ओली सरकारले देउबा सरकार द्वारा गरिएको राष्ट्रिया सभाका ३ जना मनोनित सदस्यका लागि गरिएको सिफारिस फिर्ता लिने भएको छ ।

oli

एकलौटि रुपमा सिफारिस गरिएको हुनाले राष्ट्रपति कार्यलयले अध्ययनका लागि भन्दै थन्क्याएको थियो । देउवाले यसअघि कांग्रेस कार्यकर्ता कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्य मनोनयनका लागि सिफारिस गरेको थियो । संविधान अनुसार देशका लागि उल्लेखनिय योगदान गरेका ब्यक्तित्वहरुबाट ३ जनालाई मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने ब्यवस्था रहेको छ ।

प्रकाशित : 16 February, 2018

प्रतिक्रिया दिनुहोस्