केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पाल्पामा एक महिलाको हत्या

सहयात्रा टिभी

पाल्पा । फागुन -४, पाल्पाको बगनासकाली गाउँपालिकामा धारिलो हतियार प्रहार शुक्रबार बिहान एक महिलाको हत्या गरिएको छ । बगनासकाली गाउँपालिका २ पोखराथोककी ६१ वर्षीया ईश्वरी भट्टराईलाई उनकै छिमेकी विष्णु खनालले हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले आरोपी खनाललाई पक्राउ गरिसकेको छ ।

 

प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीहरु बीच पहिलाबाट नै सामान्य बिबाद रहेको र पछि बिबाद बढ्दै गएपछि घटना भएको बताएको छ । घटनाको बारेमा थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 16 February, 2018

प्रतिक्रिया दिनुहोस्