केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा माओवादी सरकारमा जाने

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन- ९, ओली सरकारमा रामबहादुर थापा ‘बादल’ नेतृत्वमा माओवादी केन्द्रले आफ्ना मन्त्री पठाउने भएको छ । प्रदेश ३मा राष्ट्रियसभामा निर्वाचित भएका बादललाई राष्ट्रियसभा अध्यक्षको दावेदारका रुपमा हेरिएतापनि बादलले सरकारमा जाने इच्छा देखाएपछि माओबादीले उनको नेतृत्वमा सरकारमा मन्त्री पठाउने लगभग निश्चित भएको हो ।

उनी सरकारमा जादाँ उपप्रधानमन्त्री को हैसियदमा जानेछन् तर कुन मन्त्रालय भन्ने टुङ्गो लागी सकेको छैन । बादलले गृहमन्त्रालय दावी गरिरहँदा माओबादीका अन्य नेताहरु वर्षमान पुन र जनार्दन शर्माको पनी गृहमन्त्रालयमै दाबी रहेको छ ।

प्रकाशित : 21 February, 2018

प्रतिक्रिया दिनुहोस्