बससँग दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । फागुन -९, काठमाडौँको तार्केश्वर नगरपालिका–११ मा भएको दुर्घटनामा नुवाकोट घर भई काभ्रेस्थली बस्ने चन्द्रप्रकाश मोक्तानको मृत्यु भएको छ । मोटरसाइकलमा सवार २६ बर्षिय मोक्तानको बसको चक्कामा पेलिएर मृत्यु भएको हो । बा७९प २९८५ नम्बर को पल्सर मोटरसाइकलमा सवार उनको पैदल यात्रीलाई जोगाउने क्रममा विपरीत दिशाबाट जाँदै गरेको बा३ख २६१३ नंको बसको चक्काले थिचेको थियो । दुर्घटनामा घाइते मोटरसाइकलको पछाडि सवार खोटाङ घर भई बानियाँटार बस्ने २२ वर्षीय मिलन परियारको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

 

मृतक मोक्तान नेपाल विद्यार्थी संघ एनआर कलेजका सचिव पनि हुन् ।

प्रकाशित : 21 February, 2018

प्रतिक्रिया दिनुहोस्