होलीमा जबरजस्ती लोला हान्ने, फोहर छ्याप्ने तथा मादक पदार्थ सेवन गरी होहल्ला गर्नेलाई तुरुन्त पक्राउ गरिने : नेपाल प्रहरी

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन १३, होली नजिकिँदै गर्दा महानगरीय प्रहरी परिसर काठमाडौँले आइतबार होली पर्वलाई मर्यादित र सुरक्षित बनाउन राजधानीमा कडा सुरक्षा व्यवस्था मिलाएको बताएको छ । आइतबार पत्रकार सम्मेलन गरी प्लास्टिकको लोला हान्ने, फोहर छ्याप्ने, इच्छाविपरीत जबर्जस्ती रङ दल्ने तथा मादक पदार्थ सेवन गरी होहल्ला गर्नेलाई प्रहरीले तत्कालै पक्राउ गरी कारबाही गर्ने जनाएको छ ।

एसएसपी विश्वराज पोखरेलले होलीको नाममा विकृति फैलाउने कसैलाई पनि कसैलाई पनि नछोड्ने बताउनु भएको छ ।उहाँले होलीको सुरक्षाको लागि राजधानीमा १ सय ६ वटा प्रहरी टोली, २० वटा मोबाइल टोली तथा थप १५ सय प्रहरी परिचालन हुने बताउनु भएको छ। यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा मनाइने होली पहाड र तराईमा एकदिन अगाडि पछाडि मनाइन्छ । यस पटक पहाडी जिल्लामा यही फागुन २९ गते बिहीवार र तराईका जिल्लामा ३० गते शुक्रवार मनाइदै छ ।

प्रकाशित : 25 February, 2018

प्रतिक्रिया दिनुहोस्