विराटनगरका गुण्डा नाइके एलिश गुरुङ पक्राउ

सहयात्रा टिभी

विराटनगर । फागुन – १३, व्यवसायीको हत्या प्रयासको आरोपमा विराटनगरका गुन्डा नाइके एलिश गुरुङ पक्राउ परेका छन्। गएको माघ ५ गते विराटनगरका पेट्रोलियम एवम् तरकारी व्यवसायी ४९ वर्षीय पशुपति भगतमाथि आक्रमण गरी गम्भीर घाइते बनाएका उनी त्यसपछि फरार रहेका थिए ।


व्यवसायी भगतमाथि आक्रमण लगायत अन्य विभिन्न अपराधिक घटनामा प्रहरीको खोजी सूचीमा रहेका विराटनगर ११ घर भएका ३८ वर्षीय गुरुङलाई महेन्द्र चोक नजिकै रहेको टेन एलेभेन रेष्टुरेन्टबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ।

प्रकाशित : 25 February, 2018

प्रतिक्रिया दिनुहोस्