नेपाली क्रिकेट टोली जिम्बावेमा, विश्वकप छनोट प्रतियोगिताको ट्रफी सार्वजनिक
काठमाण्डौँ । फागुन – १४ , नेपाली क्रिकेट टोली आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्न आइतबार साँझ जिम्बावे पुगेको छ। डिभिजन २ मा शीर्ष दुईमा स्थान बनाउँदै विश्वकप छनोटमा उक्लिएको नेपालले यस प्रतियोगितामा समुह ‘बी’ मा परेको छ ।
१० टिमले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगितामा २ पटकको विश्व विजेता वेस्ट इन्डिज सहित आयोजक जिम्बावे, अफगानिस्तान, नेपाल, युएई, स्कटल्याण्ड, हङकङ, पपुवा न्युगिनी, आयरल्याण्ड र नेदरल्याण्डले प्रतिस्पर्धा गर्ने छन् । फागुन २० देखि सुरु हुने प्रतियोगितामा सहभागी हुन आएका सबै टिमका लागि जिम्बावेका राष्ट्रपति इमेर्सन मानागावाले आइतबार साँझ स्वागत कार्यक्रम आयोजना गरेका छन् साथै उक्त कार्यक्रममा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको थियो।
समुह ‘बी’ मा रहेको नेपालले दुई अभ्यास खेल खेल्ने छ, पहिले अभ्यास खेल मंगलबार युएईसँग खेल्ने छ भने दोस्रो खेल बिहीबार हङकङसँग खेल्ने छ ।नेपालको समुहमा नेपाल र आयोजक जिम्बावे, स्कटल्यान्ड, अफगानिस्तान र हङकङ छन्।