नेपाल लाइफ इन्स्योरेन्सको बम्पर बोनस

सहयात्रा टिभी

 

काठमाण्डौँ । फागुन -१४, नेपाल लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई गतवर्षको मुनाफाबाट ७० प्रतिशत आकर्षक लाभांश दिने भएको छ ।आइतबार बसेको सञ्चालक समितिको बैठकले ४२ प्रतिशत बोनस सेयर र करसहित २८ दशमलब ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। चालु आर्थिक वर्षको छ महिनामा कम्पनीले गत आर्थिक वर्षको भन्दा ८२ प्रतिशतले नाफा बढाएको छ। कम्पनीले छ महिनामा २७ करोड ९६ लाख रुपैयाँ नाफा गरेको छ भने गत वर्षको यहि अवधिमा १५ करोड ३० लाख रुपैयाँ थियो।

कम्पनीले आर्थिक वर्षको छ महिनाको अवधिसम्ममा खुद बीमा शुल्क आर्जन ७ अर्ब १४ करोड रुपैयाँ गरेको छ भने गत वर्षको यही अवधिमा ४ अर्ब ८५ करोड रुपैयाँ थियो। लगानीकर्ताले उक्त प्रस्तावित लाभांश बिमा समितिबाट विवरण स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि पाउनेछन्।

प्रकाशित : 26 February, 2018

प्रतिक्रिया दिनुहोस्