ट्रयाक्टर दुर्घटनामा तीन जनाको मृत्यु, दुइ जना घाइते

सुर्खेत । फागुन -१५, आज सुर्खेतको गुर्भाकोट नगरपालिका २ देउती डाँडामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सरिया लोड भएको ट्रयाक्टर गैरिबजारबाट बोटेचौर बजारतर्फ आउँदै गर्दा भे१त ६१८६ नम्बरको ट्रयाक्टर दुर्घटना भएको थियो ।
दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा सवारी चालक फत्तबहादुर विक, शसिराम विक र नारायण खत्री रहेका छन् । सोही दुर्घटनामा घाइते हुनेमा २८ वर्षे टेकबहादर धौलाकोटी र ३२ वर्षे अमर विक घाइते भएका छन् ।