आगोमा जलेर सुरक्षा गार्डको मृत्यु

ललितपुर । फागुन १६, ललीतपुरमा आगोमा जलेर एकजनाको मृत्यु भएको छ ।
मंगलबार ललितपुर महानगरपालिका–२३ हात्तिवनस्थित निर्माणधीन एक टहरोमा ग्याँस लिक भई आगलागी हुँदा सोही घरको सेक्युरिटी गार्ड ५८ वर्षीय मिनबहादुर महर्जनको मृत्यु भएको हो । ललितपुर महानगरपालिका –२९ हरिसिद्धि बस्ने महर्जन आगोले जलेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको हो ।