आज रंगहरुको पर्व होली देश तथा विदेशमा उमङगका साथ मनाइँदै

सहयात्रा टिभी

काठमाण्डौ । फागुन -१७, आज फागु पुर्णिमा होली देश विदेशमा रहेका हिन्दु धर्ममावलम्वीहरुले आफन्त र साथीभाइबीच रङ दलेर खुसी र

उमंगको साथमा मनाइरहेका छन् । फाल्गुण महिनाको पूर्णिमा तिथिमा मनाइने यो पर्व फाल्गुण शुक्लपक्षको अष्टमी तिथिमा विभिन्न रंगीचंगी कपडाले सजाइएको चीर ठड्याएपछि शुरु हुन्छ र पूर्णिमाको रात्रि चीरदाह गरेपछि समापन हुन्छ । होली पर्व नेपाल र भारतलगायतका अन्य विभिन्न देशहरुमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ।

धार्मिक मान्यता अनुसार परापुर्व कालमा दैत्यराज हिरण्यकश्यपु ब्रह्माजीबाट प्राप्त वरदान बाट उन्माद भइ आफैलाई ईश्वर घोषणा गर्छन् तर उनकै छोरा प्रह्लाद भगवानका अनन्य भक्त बनेर उपस्थित भइदिन्छन्। त्यसपछि आफ्नै छोरालाई शत्रु देख्न थाल्छन् र मार्ने योजना वनाउछन् । यही योजना अनुसार ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँछन् तर होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको हुनाले होली पर्व मनाउन थलिएको विश्वास छ । यसबाहेक द्वारयुगमा कंशको अत्याचारलाई साथ दिई समस्त दुधे बालकहरूलाई नास गर्दै हिँड्ने पूतनाको प्राण भगवान् श्रीकृष्णले हरण गर्नुभएको प्रसंगलाई पनि होलीपर्वको रंगीन उत्सवसँग जोड्ने गरिन्छ।

प्रकाशित : 1 March, 2018

प्रतिक्रिया दिनुहोस्