नेपाल विद्युत प्राधिकरण प्यूठान शाखाले आफ्नो सेवा सुविधाहरु अनलाइन मार्फत दिने
सहयात्रा टिभी
काठमाण्डौँ । फागुन १८, नेपाल विद्युत प्राधिकरण प्युठान शाखाले आफ्नो सेवा सुविधाहरु अनलाइन मार्फत दिन शुरुगरेको छ । शाखाले रकम भुक्तानी पनि अनलाइनबाटै हुने ब्यवस्था मिलाएको छ । विल तिर्न लाइन बस्नुपर्ने , टाढा जानु पर्ने जस्ता समस्यालाई मध्यनजर गर्दै मंगलवारबाट मोबाइल तथा वेबबाट बिद्युत महशुल भुक्तानी सेवा शुरु गरेको हो । करिव १९ हजार ५०० ग्राहक रहेको प्यठानमा डिजिटल वालेट इसेवा, सिटी एक्स्प्रेस, इनभेष्टमेण्ट बैंक, प्रभु बैंक लगायतबाट विजुलीको महशुल घरबाटै अनलाइन भुक्तानी गर्न सकिने नेपाल विद्युत प्राधिकरण प्यूठानले जनाएको छ ।