यो साताका सामाजिक सञ्जालमा भेटिएको केही विचारहरु

सहयात्रा टिभी

हामीले यो साता सामाजिक सामाजिक सञ्जालमा भेटिएका केही विचारहरु जस्ताको तस्तै प्रस्तुत गरेका छौँ । तपाइ पनि आफ्नो विचार राख्न चाहनु हुन्छ भने सहयात्र टिभी सँग जोडिन सक्नुहुने छ ।

नरेशराज खतिवडा


ए मूर्ख साथी हो कति मुर्ख्याइँ गर्छौ? “Budhha was born in Nepal” प्रमाणित गर्न हैन बिश्वमा प्रचारप्रसार होस भनेर गरिएको हो।सक्छौ राम्रो गर सक्दैनौं विरोध नगर।

 

 

 

 

Yamuna‏ @thapayamunaa


कहिलेकाही यादहरु पनि कोलाहलमय बनिन्छ्न जहाँ म निसासिन पुग्छु,अनि कहिलेकाही भिडहरुमा पनि म निस्संदेह मुस्कुराइ रहेकी छु मन्द मन्द ….. र बिर्सन्छु त्यहाँ अरुपनी जमात छन् भनेर !!

 

 

 

 

 

Govinda Khanal


गौतम बुद्ध को उपदेश आज ७५००० ले एक ठाउँ मा पढेर विश्व रेकर्ड बनाएको हो ।
उता केही ले होहल्ला मा लागेर ७५ हजार भन्दा बढी को जमात भेला पारेर बुद्ध अरु देश मा जन्मियो भन्यो भने के गर्ने भन्ने सवाल ल्याएछ्न ?
अनिकी बालिके हो अर्ब उतारेर मोदि ले ढोल पिटेर दुवा तिर्की पुस्तक मा खोट इतिहास राखेपनी बुद्ध नेपाल मै जन्मेको सत्य चिर्न सक्दैन कि हल्ला किन गर्या हौ रु
बुद्द ले दिएको वचन पढेर बनेको कीर्तिमान भत्काउन सक्ला तर बुद्द अरु देश मा जन्मेको प्रमाण पेश गर्न चै सक्दैन ल (
थप यो पनि भगवान अर्जुन नेपाल आएर प्रार्थना गर्दा हामिले अर्जुन नेपाल जन्मेको भन्दा भगवान् अर्जुन को जन्म नेपाल हुदैन ( हिन्दू धर्म मा पुजा हुने एक ऋषि भारत मा जन्मेर नेपाल आएर प्रार्थना गरेर देवता समान पुजा हुने गरि शक्ति मिल्यो ( त्यो शक्ति हाम्रो देश ले दिएको होइन । उनको तपस्या ले पाएको हो ।
तेसरी नै बुद्ध को तपस्या पनि भारत मा भएर उहाँ शक्ति पाउनु भएको हो ।
शक्ति जता हुँदा पाएपनी बुद्ध को जन्म नेपाल मै भएको हो।
कार्यक्रम को थप उपलब्धि यो पनि छ ।
सधै बुद्ध जयन्ती को दिन खुल्ला आकाश मुनि हुने कार्यक्रम अस्थब्यस्थ हुने भएको ले आउदो चोटि प्रधानमन्त्री आफै ले हल बनाउने प्रक्रिया थालनी गर्ने घोषणा गरेका छ्न ।

 

Deepa Poudel


साच्चै!! भुतकाल सम्झेर पछुतो नगर्नुस्, भविस्य सम्झेर निरास नहुनुस ,
जति सकिन्छ बर्तमान जिउने कोसिस गर्नुस,
अनि हेर्नुस दुनियाँ कति रंगिन देखिन्छ!

 

 

 

 

 

ईश्वरी बुढा दाहाल विश्वासी

गर्भमा छोरी छ भन्ने निधो भएर किन गर्छन भ्रुण हत्या भनेको त छोरी त चिचिला बाटै जोगाउन गाह्रो भएर पो रहेछ !!
(हप्ताभर को हेडलाइन बलत्कार)
#बलात्कारीलाई_फांसीदेउ

 

 

 

 

 

Aakash Giri

 

 

सलमान खानको नेपालको सो स्थगित भयो , भोलि सन्दिप लामिछाने (इन्डियन पिर्मियर लिग ) IPL खेल्न भारत जानू पर्नेछ , त्यहा सन्दिपलाइ भारतले रोक्ने ?? आफ्नो कला गला अनि आफ्नो प्रसुस्ती आफ्नो प्रतिभा देखाउन पनि नपाउने यो कस्तो ब्यथा ?? धन्य रहेछौ महान नेपाली आत्माहरु अझै सम्म छटपटाउदै छौ तिमीहरु !!

प्रकाशित : 4 March, 2018

प्रतिक्रिया दिनुहोस्