सवारी दुर्घटनामा २ प्रहरी जवानको मृत्यु

सहयात्रा टिभी

कास्की । फागुन २१ आइतबार पोखरामा भएको सवारी दुर्घटनामा परी २ प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी जवान सुशील बानिया र प्रदीपकुमार यादव रहेका छन् । ३६४५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई बागलुङबाट काठमाडौं जाँदै गरेको बा ४ ख ५७५८ नम्बर बसले राति साढे ९ बजे विजयपुर चोकमा ठक्कर दिएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 5 March, 2018

प्रतिक्रिया दिनुहोस्