लक्की ड्र परेको छ भन्दै ठगी गर्ने ३ जना पक्राऊ

रुपन्देही । फागुन -२१, प्रहरीले विभिन्न स्थानका सोझा साझा जनतालाई २५ लाखको लक्की ड्र परेको छ भन्दै ठगी गर्ने ३ जनालाई पक्राऊ गरेको छ । कार्यक्रम कौन बनेगा करोडपतीमा लक्की ड्र परेको भन्दै उनीहरुले विभिन्न स्थानका मानिसहरुलाई ठगी गरेका थिए ।
पक्राऊ पर्नेमा रुपन्देहीका २४ वर्षीय को अंगदकुमार यादव, २४ वर्षीय बिराज भन्ने इवरार हुसेन शेष र २५ वर्षीय राधेश्याम कोईरीलाई रहेका छन् ।
उनीहरुले लक्की ड्र मा परेको रकम भारतबाट नेपाल पठाउन बैंक सेक्युरिटीको लागी भन्दै ६०००० रुपैँया पठाउन भन्दै ठगी गरेका थिए ।
उनीहरु विरुद्द ठगी मुद्दा चलाइएको र फरारहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।