एसईई परीक्षाको केन्द्र निर्धारण सम्बन्धी निर्णय उल्टाएको भन्दै चक्काजाम

सहयात्रा टिभी

भोजपुर । फागुन -२४, भोजपुरमा यहि चैत ८ गतेदेखि हुने एसईई परीक्षाको केन्द्र निर्धारण सम्बन्धी निर्णय उल्टाएको भन्दै स्थानीवासीले चक्काजाम गरेका छन् । स्थानियबासीहरुले राधाकृष्ण मावि श्यामसिला केन्द्रको ठाउँमा यसोधरा मावि कायम गरिएको भन्दै राजनीतिक दल, विद्यालय व्यवस्थापन समिति लगायतको आव्हानमा बिहीबार एक घण्टा चक्काजाम गरेका हुन् । गतवर्ष १८ परीक्षा केन्द्र रहेकोमा यसपटक घटाएर १५ बनाइएको थियो ।परीक्षा केन्द्र निर्धारण समितिको गत पुस ६ गतेको बैठकले तोकेको परीक्षा केन्द्र मध्ये एक राधाकृष्ण मावि श्यामसिला केन्द्र रहेकोमा हाल परीक्षा आउनै लाग्दा केन्द्र यसोधरा मावि टक्सारमा कायम गरिएको थियो ।
आन्दोलनकारीहरुले सद्मुकाम बाहिर परीक्षा केन्द्र हुने निर्णयलाई उल्ट्याएर विकेन्द्रिकरणको ध्वज्जी उडाएको आरोप छ ।

प्रकाशित : 8 March, 2018

प्रतिक्रिया दिनुहोस्