आइतबार नेप्से परिसुचक ३१ अंकले घट्यो

काठमाण्डौँ । फागुन २७, आइतबार शेयर बजार परिसूचक (नेप्से) ३१.४ अंकले ओरालो लागेर १ हजार २८४ दशमलव ९ बिन्दुमा झरेको छ । आज ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ६ दशमलव ४ बिन्दुले ओरालो लागेर २७३ दशमलव ६ बिन्दुमा पुगेको हो । बैङ्कमा लगानी योग्य पूँजीको अभाव चुलिँदै जाँदा लगानीकर्ताहरु हतोत्साही भएकाले नेप्से ओह्रालो लागेको हो । आज सबै उपसमूहका शेयर ओरालो लागेकोले बजार प्रभावित बन्न पुग्यो। बैंकिङ २३ दशमलव १५, होटल ६३ दशमलव ५२, विकास बैंक २५ दशमलव ५२, जलविद्युत् ६४ दशमलव ६५, फाइनान्स ८ दशमलव ६८, बीमा २४३ दशमलव १८, उत्पादन ५२ दशमलव १७, अन्य १० दशमलव ७५ र माइक्रोफाइनान्स ४५ दशमलव ५२ अंकले ओरालो लागेका छन्।
आज कूल १६० कम्पनीको सात लाख ६३ हजार ५९१ कित्ता शेयर रु ३२ करोड ५१ लाख नौ हजार मूल्यमा कारोबार भएको छ ।