बंगलादेशमा बिहीबार विमान दुर्घटनाका कारण राष्ट्रिय शोक मनाईने

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन -३०,

बंगलादेशले दुर्घटनामा परी आफ्ना नागरिकहरुको मृत्यु भएको शोकमा श्रद्धाञ्जलि व्यक्तगर्दै बिहीबार राष्ट्रिय शोकको घोषणा गरेको छ । बुधबार आकस्मिक बसेको बंगलादेशको मन्त्रिपरिषदको बैठकले बिहीबारका लागि शोकको घोषणा गरेको हो । त्यसदिन दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति विभिन्न मन्दिर, चर्च, मस्जिदमा शान्तिको लागि प्रार्थना गरिनेछ ।
बंगलादेशको ढाकाबाट आएको उक्त विमान गत सोमबार अपरान्ह नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो जसमा ५१ जनाको ज्यान गएको थियो ।

प्रकाशित : 14 March, 2018

प्रतिक्रिया दिनुहोस्