एमालेले तयार गर्यो सरकारमा जाने मन्त्रीहरुको नामावली

काठमाण्डौँ । चैत्र -३, एमालेले सरकारमा जानका लागि मन्त्री छनोट गरेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले शीर्ष नेताहरुसँग छलफल गरी मन्त्रिहरुको टुङ्गो लगाएका हुन् । परराष्ट्र, भौतिक पूर्वाधार, स्थानीय विकास, पर्यटन, सामान्य प्रशासनलगायत ९ मन्त्रालय परेको एमालेका लागि ओलीले एमालेबाट सरकारमा जाने मन्त्रीहरुको निर्कोल गरेका हुन । ओली सरकारमा प्रदिप ज्ञवाली परराष्ट्रमन्त्री बन्ने भएका छन् भने गोकर्ण् विष्ट श्रम तथा रोजगार मन्त्री तथा रविन्द्र अधिकारी पर्यटन मन्त्री बन्ने भएका छन् ।
यसैगरी रघुवीर महासेठ भौतिक पुर्वाधारमन्त्रालय पाउने छन् भने जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्रालय सम्हालने छन् । त्यसैगरी गोकुल बास्कोटा सञ्चार राज्यमन्त्री तथा यस अघि वातावरण मन्त्री रहेका लालबाबु पण्डितलाई संघीय मामिला तथा सामाज्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने एमालेले निर्णय गरेको हो ।मन्त्रीहरुको सपथ आज दिउँसो ४ बजे हुनेछ ।